काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाले अधिविकर्षलगायतका प्रयोजन नखुलेका व्यक्तिगत कर्जा एक करोडसम्म प्रवाह गर्न सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त सीमा नाघेजति रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रबन्ध गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै, इजाजतप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था बमोजिम उपलब्ध गराइने कर्जाको व्याजदर पाँच दशमलव ७५ प्रतिशत कायम गरिएको छ । यसअघि त्यस्तो व्याजदर छ प्रतिशत थियो ।






प्रतिक्रिया दिनुहोस्