काडमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयागले आज महानिर्देशक अधिकारी, पूर्वमहानिर्देशक मुरारी भण्डारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विशेषका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
अधिकारी र भण्डारीलाई आयोगल आजै पक्राउ गरेको थियो । भक्तपुरको नलिन्चोकमा हेलिकप्टरका लागि हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार भएको आयोगले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्