Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक १३.५२ अंकले घटेर परिसूचक २६३१.१७ बिन्दु कायम भएको छ ।

आज ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ७४ कम्पनीको मूल्य बढेको छ भने १७७ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा वित्त कम्पनी, होटल, उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । कारोबारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सागर डिस्ट्रिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime