काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मूल्य ११० रुपैयाँले बढेर तोलामा ३ हजार ६५५ निर्धारण भएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ रहेको थियो । एक तोला चाँदीको मूल्य ३ हजार ५४५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्