काठमाडौं । नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्मका लागि अफर ल्याएको छ ।
यो अफर अन्तर्गत र फर्केर आउने सडक यात्रामा निस्केका तीन जना नेपाली यात्रीहरूको यात्राबारे जानकारी गराउन पाउँदा खुसी व्यक्त गरेको जनाइएको छ । टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू, र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल रहेका छन् ।
यो १३ दिने यात्रा १७ देखि २९ सम्म चल्नेछ । यस अवधिमा करिब ८ हजार किलोमिटरको दूरी पार गरिनेछ । दैनिक ८ देखि १९ घण्टासम्मको लामो यात्रा समावेश छ। यो यात्रामा यात्रीहरूले विजय कसाजूको हुन्डाई टक्सन प्रयोग गर्दैछन् । जुन लामो दूरीको यात्रा क्षमता र आरामका लागि प्रसिद्ध एक प्रिमियम एसयूभी मानिन्छ।
हुन्डाई टक्सन आफ्नो अल(व्हील ड्राइभ क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, र बलियो बनावटका कारण मिश्रित सडक अवस्थाहरूमा लामो भू(भागको यात्राका लागि उपयुक्त मानिन्छ । टक्सनको भित्री भागमा फराकिलो क्याबिन र लामो समय सडकमा रहँदा यात्रुहरूलाई आराम दिनका लागि भेन्टिलेटेड सिटहरू उपलब्ध छन् ।
यसका अतिरिक्त, आवश्यक परे आरामका लागि यात्रीहरूले पछाडिको सिटमा क्याराभान शैलीको विश्रामको व्यवस्था पनि बनाएका छन् ।
यस स्तरका सडक यात्राहरूले नेपाली यात्रुहरू बीचको साहसिक भावनालाई उजागर गर्नुका साथै सीमापार पर्यटन, सांस्कृतिक आदानप्रदान, र सडक गतिशीलता चेतनालाई प्रवर्द्धन गर्न मद्दत गर्दछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले सम्पूर्ण टोलीलाई सुरक्षित, सहज र स्मरणीय यात्राको लागि शुभकामना दिए ।






प्रतिक्रिया दिनुहोस्