Skip to content

अब रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन सकिने

nabil bank

काठमाडौं । अब काठमाडौंको रत्नापार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ ।

महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका ६ वटा राउटर राखेर शंखधर उद्यानमा निःशुल्क वाइफाइ सेवा सुरु गरेको छ ।

शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठका अनुसार मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने छ ।

“निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर ५०० एमविपिएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको छ, चाँडै नै रत्नापार्कभित्र छिर्ने सर्वसाधारणले घाम ताप्दै निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन्”, उनले भने ।

अव्यवस्थित रत्नापार्कलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२÷७३ मा करिब ८० लाखको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime