काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप ३५ मेगावाट विद्युत् भारत निर्यात गर्न अनुमति पाएको छ ।
प्राधिकरणले भारतबाट उक्त अनुमति पाएसँगै सेतीनदी जलविद्युत आयोजनाको २४ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत् आयोजनाको ११ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ ।
भारतको डेजीगेन्टेड अथोरिटी, सेन्ट्रल इलेक्ट्रीसिटी अथोरिटी (सीईए)ले १६ गते विद्युत् निर्यातको अनुमति पाएको हो । थप ३५ मेगावाटसँगै प्राधिकरणले भारतमा १२ सय मेगावाट विद्युत् निर्यात गर्ने प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।
यसअघि प्राधिकरण नेपालबाट भारतमा ११६५ मेगावाट विद्युत् निर्यात गरेको छ ।






प्रतिक्रिया दिनुहोस्