Skip to content

निर्जीवन बीमा कम्पनीले सेयर बजारमा गरे ७ अर्ब लगानी, कुनको कति ? 

nabil bank
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा निर्जीवन बीमा कम्पनीले सेयर बजारमा ७ अर्ब रुपैयाँभन्दा धेरै लगानी गरेका छन् । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर र अन्य संस्थागत सेयरमा गरेर ७ अर्ब ३ करोड ६ लाख ८९ हजार रुपैयाँ लगानी गरेका हुन् ।
चालु आर्थिक वर्षको ३ महिनामा निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा कुल लगानी ६७ अर्ब २३ करोड २५ लाख ४४ हजार रुपैयाँ लगानी गरेका छन् । यस अवधिसम्म आउँदा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बीमा कम्पनीहरूले ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ लगानी गरेका छन् ।
यसैगरी, अन्य संस्थागत सेयरमा २ अर्ब ६० करोड ८८ लाख रुपैयाँ लगानी गरेका छन् । यस अवधिसम्म आउँदा सबैभन्दा धेरै सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्ने कम्पनी  राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीले सूचीकृत सेयरमा ७९ करोड ४१ लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ । यसैगरी,दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । जसको लगानी ७१ करोड ९ लाख ६६ हजार रुपैयाँ छ।
यसैगरी, यस्तो कम्पनीको सेयरमा लगानी तेस्रो स्थानमा नेको इन्स्योरेन्स रहेको छ । यसले यस्तो सेयरमा ५४ करोड १७ लाख ९४ हजार रुपैयाँ लगानी गरेको छ । सूचीकृत संस्थाको साधारण सेयरमा लगानी गर्ने  चौथो कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले ५० करोड ७६ लाख १२ हजार रुपैयाँ लगानी गरेको छ ।
यसैगरी, आइजीआई प्रुडुन्सियलले ४७ करोड ७६ लाख ८४ हजार रुपैयाँ, सानिमा जिआईसीले ३४ करोड ४४ लाख ११ हजार, हिमालयन एभरेष्टले २८ करोड १२ लाख ८७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले २१ करोड ८८ लाख ४७ हजार, शिखर इन्स्योरेन्सले २१ हजार ४० लाख ४८ हजार रुपैयाँ र युनाइटेड अजोडले २० करोड ३० लाख ६४ हजार रुपैयाँ बराबरको सेयरमा लगानी गरेका छन्।
यसैगरी, यस अवधिसम्म आउँदा प्रभु इन्स्योरेन्स कम्पनीको लगानी १२ करोड ७९ लाख ६८ हजार रुपैयाँ रहेको छ । यस अवधिसम्म आउँदा यस्तो सेयरमा लगानी नै नगर्ने कम्पनीहरू दि ओरिएन्टल, नेशनल इन्स्योरेन्स र एनएलजी इस्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीको सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी छैन ।
अन्य संस्थापक सेयरमा कुन कम्पनीको कति ? 
चालु आर्थिक वर्षको तीन महिनासम्म आउँदा अन्य संस्थागत सेयर (संस्थापक)मा लगानी सबैभन्दा धेरै गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी कम्पनी रहेको छ । यस कम्पनीले संस्थापक सेयरमा १ अर्ब २२ करोड ६ लाख २७ हजार रुपैयाँ लगानी गरेको छ । दोस्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ, जसले ३१ करोड ४८ लाख ९० हजार रुपैयाँ लगानी गरेको छ।
त्यसपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले २१ करोड २४ लाख १६ हजार, एनएलजीले १७ करोड ९२ लाख ४३ हजार, नेपाल इन्स्योरेन्सले १७ करोड ३४ लाख ७१ हजार र आइजीआई प्रुडुन्सियलले १७ करोड ४९ हजार रुपैयाँ बराबरको लगानी गरेका छन्।
यस्तै, दि ओरिएन्टल इन्स्योरेन्सले ११ करोड ३९ लाख १२ हजार, नेशनल इन्स्योरेन्सले ९ करोड ८० लाख ८३ हजार, युनाइटेड अजोडले ९ करोड ३० लाख ८४ हजार र सिद्धार्थ प्रिमियरले ३ करोड ३० लाख ५३ लाख रुपैयाँ संस्थापक सेयरमा खरिद गरेका छन् ।
चालु आवको तीन महिनासम्म आउँदा राष्ट्रिय बीमा कम्पनी, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र सानिमा जिआईसीले भने संस्थापक सेयरमा लगानी गरेका छैनन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime