Skip to content

‘हे भगवान, अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्’

nabil bank

भदौमा भड्किएको जेनजी आन्दोलनले नेपालको सबैभन्दा ठूलो डिपार्टमेन्ट स्टोर भाटभटेनी सुपरमार्केट माथि आक्रमण भयो । त्यो भाटभटेनीसँगै धेरै व्यवसायीका सपना खरानी भएको थियो। गर्‍यो। देशभरका २० वटा शाखामा गरिएको तोडफोड र आगजनीले संस्थापक मीनबहादुर गुरुङको ४२ वर्षको साधनालाई एकैपटक चुनौती दियो।

१२वटा स्टोर पूर्णरूपमा जलेर नष्ट भए भने ९ वटामा आंशिक क्षति पुग्यो। क्षतिको मूल्य—झण्डै १० अर्ब ८५ करोड रुपैयाँ। तर, यो कथा क्षतिको मात्र होइन,उठ्ने दृढता र अटल मनोबल को पनि हो।

बालुवाटारको वेयरहाउस : तीन महिनामै पुनर्जीवन

सबैभन्दा धेरै क्षति भएको ठाउँमध्ये बालुवाटारको मुख्य वेयरहाउस अहिले पुनः उभिएको छ—पुरानै स्वरूपमा मात्र होइन, झनै भव्य र सुदृढ रूपले।
रुद्राष्टाध्यायी पाठ, पूजा–आराधनापछि गुरुङले बिहीबार यसलाई पुनःसञ्चालनमा ल्याए। गुरुङ भन्छन्, “पहिलो कुरा मुटुलाई संरक्षण गर्नु रहेछ। यो वेयरहाउस मेरो मुटुजस्तै हो।”

खरानीमा बदलिएको भवनभित्रबाट एउटा सानो सामान पनि निकाल्न नसकिएको ती क्षणलाई उनी बिर्सिन चाहन्छन्। त्यसैले आफूलाई दिनरातकाममा व्यस्त राख्दै कामदारलाई प्रेरित गरे, बोनस दिए, र उद्घाटनको दिन सबैभन्दा पहिला उनीहरूकै सम्मान गरे।

भाटभटेनीका १२ शाखामा रहेको करिब ५ अर्ब ९६ करोड बराबरको सामग्री पूर्णरूपमा जलेर नष्ट भयो। ४९ करोडभन्दा बढी मूल्यका सामान तोडफोड वा लुटियो। नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वरदेखि पोखरा, चितवन, धरानसम्म देशभरका स्टोर ध्वस्त भए। तर मनभित्र निस्किएको ‘मुस्लो’ (पीडाको धाँवो) ले उनलाई झुकाउन सकेन। गुरुङ भन्छन्, “टुटेको–फुटेकोलाई कसरी अघि बढाउने भन्नेमा मात्र ध्यान दिएँ।” उनी आफ्नो कर्मचारीलाई ‘जागिरे’ होइन, परिवार ठान्छन्। १२ शाखा जले, ९ तोडफोड भए—तर एक जना पनि कर्मचारीलाई निकालेनन्, तलब–बोनस सबै जस्ताको तस्तै दिए।

व्यवसायी मात्र होइन, समाजका अभिभावक

समाजका लागि अर्बौँ खर्च गरिसकेका गुरुङले आगजनीपछि केही दिनमै प्रधानमन्त्रीलाई भनेका थिए, “राज्यलाई आवश्यक परे बाँकी सम्पत्ति पनि दिन तयार छु।” निजी क्षेत्रमाथिको आक्रमणलाई उनी देशमाथिको आक्रमण ठान्छन्। उनको चिन्ता—तथ्य बिछ्याउदै फैलाइने नकारात्मकता। कहिले माओवादीको पैसा चलायो भनिन्छ, कहिले आत्महत्या गर्‍यो भन्ने हल्ला—यी सबैले उनलाई दुःखी बनाउँछन्। उनको चाहना सरल छ, सुन्दर देश, सकारात्मक समाज, र सत्यमै आधारित संवाद। गुरुङ अब ग्राहकलाई छिटो सेवा दिन आतुर छन्। उनको लक्ष्य फागुन २४ : कोटेश्वर शाखा, फागुन २८ : महाराजगञ्ज शाखा सञ्चालनमा ल्याउने उनी भन्छन्, “भाटभटेनीलाई यहाँसम्मग्राहकले पुर्‍याउनुभएको हो। सेवामा फर्किन हामी प्रतिबद्ध छौँ।”

बालुवाटारको नवनिर्मित भवनको मूलगुटमा भदौ २४ गते जलेका सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र भाटभटेनीका ध्वस्त शाखाहरूका तस्बिर छन्।
त्यो दृश्य एक चेतावनी पनि हो र एक प्रार्थना पनि  “हे भगवान, अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime