काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारी डिल्लीबजार कारागार चलान भएका छन् ।
भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा गत साता मुद्दा दायर गरेको थियो ।
आज विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो ।






प्रतिक्रिया दिनुहोस्