Skip to content

सानिमा बैंकको २१औं बार्षिकोत्सव सम्पन्न

nabil bank

काठमाडौं । सानिमा बैंकले आजबाट स्थापनाको २१औं वर्ष पूरा गरेको छ ।

बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ ।

बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्रा भर निरन्तर सहयोग प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरेको छ ।

बैंकमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गरे । उनले सबै कर्मचारीहरुलाई संगै अघि बढेर बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासका लागि प्रोत्साहन गरे ।

बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime