काठमाडौं । महालक्ष्मी विकास बैंक ‘बैकिंङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट’ विधा अन्तर्गतको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । डिसेम्बर ०७ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बैंकले ‘इन्डिया बिजनेस अवार्ड २०२५’ कार्यक्रम मार्फत उक्त सम्मान पाएको हो
बैंकको तर्फबाट बैंकका वरिष्ठ अधिकृतहरूले उक्त सम्मान ग्रहण गरेका छन् । बैंकले बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैंकिङ सेवामा नवप्रवर्तनका कार्यहरू गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिया उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड बैंकले प्राप्त गर्न सफल भएको हो ।
दुई देश बिच सीमा–पार (क्रस बोर्डर) वित्तीय सेवाहरूलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्यहरू गर्दै आएको यस महालक्ष्मी विकास बैंकलाई यस अवार्डको प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबिचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
नेपाल र भारत बिच सीमा पार भुक्तानीमा आबद्ध भएसँगै यस अवार्डको प्राप्ति बैंकको लागि थप महत्त्वपूर्ण साबित हुने विश्वास समेत बैंकले लिएको छ । हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स, भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो जसले अन्तर्राष्ट्रिय स्तरमा बैंकको उपस्थिति दर्साउन तथा ख्याति अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्