काठमाडौं । एक वर्षको अवधिमा पतञ्जलि आयुर्वेद प्रालिको व्यापार घटेको छ । गत आर्थिक वर्षमा यस कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको व्यापार अघिल्लो आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपैयाँ थियो ।
यसैगरी, यस कम्पनीले सन् २०२३ मा १ अर्ब ९३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२२ मा यस कम्पनीले १ अर्ब ५० करोड २० लाख रुपैयाँ र सन् २०२१ मा कम्पनीले १ अर्ब २५ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यस कम्पनीले अल्पकालीन र दीर्घकालीन गरेर ९५ करोड रुपैयाँ कर्जाको रेटिङ गराएको छ । कम्पनीले अल्पकालीन ऋणको लागि ५९ लाख ८० हजार रुपैयाँ ऋणको रेटिङ गराएको हो भने दीर्घकालीन ऋणको लागि ३५ करोड २० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
यो कम्पनी नेपालमा सन् २०११ मा नेपाल ग्रामोद्योग नाममा दर्ता भएको हो । यस कम्पनीले सन् २०१५ मा नाम परिवर्तन गरिएको थियो । कम्पनीले खानाको प्रकार, व्यक्तिगत हेरचाह र अन्य घरायसी सामग्री उत्पादन गरी पतञ्जलि ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
यस कम्पनीमा भारतीय कम्पनी गंगोत्री आयुर्वेदको ९५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीमा बाँकी सेयर स्वामित्व नेपालको लागि महतो ग्रुप अर्थात् राम जानकी इनभेष्टमेन्ट कम्पनीको छ । कम्पनीको देशभर एक सयभन्दा बढी वितरक छन् । ज
प्रतिक्रिया दिनुहोस्