Skip to content

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ पहिलो दिनमै ५.१ गुणा बढी आवेदन

nabil bank

काठमाडौं।रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा गएकाहरूका लागि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै अत्यधिक उत्साहजनकप्रतिक्रिया देखिएको छ। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख१५ हजार ५९६ कित्ता वैदेशिक रोजगार श्रेणीमा राखेको थियो। सोमध्ये सोमवार मात्र १० हजार २० आवेदकबाट ५ लाख ८९ हजार ८५० कित्ताकोआवेदन परेपछि मागभन्दा ५.१ गुणाले बढी आवेदन पुगेको छ।

कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ। बुक–बिल्डिङ प्रक्रियाअनुसार योग्य संस्थागत लगानीकर्ताका बीच भएकोबोलकबोलमा ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको थियो। सोही मूल्यमा १० प्रतिशतघटाएर  अन्तिम मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो। लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ।

आईपीओ निष्कासन मंसिर २५ गते (बिहीबार) सम्म खुला रहनेछ। आवश्यक आवेदन नपरेमा अवधि पुस ७ सम्म बढाउन सकिने व्यवस्था भएपनि पहिलो दिनमै माग नघट्ने गरी धेरै आवेदन परेकाले अवधि लम्बिने सम्भावना छैन। शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमईक्यापिटल लिमिटेड रहेको छ।

सोमवार निष्कासन खुलेको आधा घण्टामै १ लाख १८ हजार ३४० कित्ताको माग पुगेर ‘ओभर–सब्सक्राइब’ भइसकेको थियो। त्यसपछि पनिदिनभर लगानीकर्ताको उत्साह उस्तै देखियो। आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनकाशाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ अनलाइन प्रणाली मार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime