काडमाठौं । सौरभ ग्रुपद्वारा सञ्चालित सर्वोत्तम स्टिलले गत आर्थिक वर्षमा करिब पौने ८ अर्ब रुपैयाँको व्यापार गरेको छ । यस कम्पनीको व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ ।
कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा पौने २ अर्ब रुपैयाँले बढेको हो । सन् २०२४ मा ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो । सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको यस कम्पनीले सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यसैगरी, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ४४ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३ करोड ४६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब ४१ करोड रुपैयाँको रेटिङ गराएको हो ।
यो कम्पनी कम्पनी सन् २०१७ मा स्थापना भएको हो । कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको छ। यस कम्पनीको अध्यक्षमा विष्णुप्रसाद न्यौपाने रहेका छन् । कम्पनीले सन् २०२२ देखि डण्डी, बिलेट, वायरको व्यापार गर्दै आएको छ । कम्पनीले वार्षिक ७ लाख ६४ हजार १६० मेट्रिक टन क्षमतामा उद्योग सञ्चालिन गरिरहेको छ ।
कम्पनीको व्यापार पूर्ण डण्डीमा निर्भर रहेको रेटिङमा उल्लेख छ । कम्पनीले सन् २०२४ र २०२५ मा गरेको व्यापारमध्ये डण्डीको हिस्सा नै ९० प्रतिशत रहेको छ । बाँकी आम्दानी बिलेट र बाइन्डिङ वायरबाट भएको पाइएको छ ।






प्रतिक्रिया दिनुहोस्