Skip to content

सुनको मूल्य बढ्यो, कति छ बजार भाउ ?

nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात आइतबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको तीन हजार ५८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime