काठमाडौं । महिन्द्रा सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले एक वर्षमा ७ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । यस कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा यस कम्पनीले ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीको व्यापार गत आवमा सन् २०२४ को भन्दा बढेको छ । यसैगरी, यस कम्पनीले सन् २०२३ मा ५ अर्ब १४ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यसभन्दा अगाडीका वर्षहरूमा कम्पनीको व्यापार उल्लेख्य थियो ।
सन् २०२२ र २३मा भने कम्पनीको व्यापार सामान्य देखिएको छ । सन् २०२२ मा यस कम्पनीले १२ अर्ब ९३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा कम्पनीको व्यापार १२ अर्ब ८ करोड रुपैयाँ थियो । कोरोना महामारीको कारण आर्थिक क्षेत्रमा देखिएको सुस्तताको कारण कम्पनीको व्यापार पछिल्लो २ वर्षको अवधिमा घटेको छ ।
सन् १९९१ मा स्थापित अग्नि इन्कर्पोरेटेडले नेपालमा महिन्द्राका स्कार्पियो, बोलेरो, यात्रुवाहक सवारी र ट्याक्टरहरू बिक्री गर्दै आएको छ । यस कम्पनीले आफ्नै १७ शोरूम तथा बिक्री आउट लेट र १६ क्षेत्रीय डिलरशिप आउटलेटमार्फत महिन्द्राका सवारीसाधन बिक्री वितरण गर्दै आएको छ । क्याबिनेट श्रेष्ठ, सुसन वैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्मा कम्पनीका सेयरधनीहरू हुन् । साथै सञ्चालक पनि रहेका छन् ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३५ करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।






प्रतिक्रिया दिनुहोस्