काठमाडौं । रोयल एनफिल्डले हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । रोयल एनफिल्डले लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक गरेको हो ।
यस बीएस भीआई नयाँ हन्टर ३५०, २०२५ एडिसन कम्पनीले आज सार्वजनिक गरेको हो । नयाँ हन्टर ३५० मा रियो ह्वाइट, टोकियो ब्ल्याक, लण्डन रेड र ग्राफाइट ग्रे गरी चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङहरू उपलब्ध छन् ।
यस संस्करणमा स्लिप एसिस्ट क्लच जडान गरिएको छ, जुन कम्पनीको ३५०–सिसी मोडेलमा पहिलोपटक प्रयोग भएको सुविधा हो। साथै, परिमार्जित पछाडिको सस्पेन्सन, बढेर १६० एम एम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सिट, डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्सनको रूपमा थप गरिएको छ।
हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सीसी जे सिरिज इन्जिनले सहरी सडकको दैनिकीमा चुस्त र सहजता प्रदान गर्ने दाबी गरिएको छ। सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडेलले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ।
रोयल एनफिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरियाले भने, ‘नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीकै हिस्सा बनेको छ। युवा पुस्ताको ऊर्जा र सहरी गतिलाई ध्यानमा राखेर हामीले नयाँ हन्टर ३५० ल्याएका हौँ। यो नेपालका जीवन्त सहरी सडकका लागि पूर्णतः उपयुक्त मोडेल हो।’
नयाँ हन्टर ३५० सिंगल टोन, रियो ह्वाइट, ड्रापर ग्रे र ग्राफाइट ग्रेको मूल्य ४ लाख ९४ हजार ९०० रुपैयाँ र डुअल टोन, टोकियो ब्ल्याक, लन्डन रेड र रिबेल ब्लुको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । सबै शोरुममा बुकिङ र टेस्ट–राइड खुला रहेको कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्