Skip to content

संघ अन्तर्गत २१ सय ठेक्का छन्, कतिपय ठेक्का कहाँ छन् थाहै छैन, ठेकेदार खोज्दा पनि भेटिन्न: मन्त्री घिसिङ

"भौतिक मन्त्रालय, अन्तरमन्त्रालय समन्वय र अर्थ मन्त्रालयका कारण ठेक्का रुग्ण भए" 

nabil bank

काठमाडौँ । भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले करिब २१ सय ठेक्का रहेको र त्यस बाहेक केही ठेक्का कहाँ हो सडक विभागलाई पनि थाहा नभएको बताएका छन् ।  नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायसँग संवाद कार्यक्रममा यस्तो बताए । 

 त्यस्तो ठेक्का व्यवस्थापनमा समस्या रहेको उनको भनाइ छ । ठेक्का मध्ये सबै सडक विभागको नहुने, स्थानीय तह, प्रदेशको हुने गरेको बताए । सबै तहको ठेक्का १० हजार बढी रहेको उल्लेख गरे । नेपालमा ठेक्का व्यवस्थापन कमजोर रहेको, वर्षौँदेखि कनट्र्याक्ट गायब हुने गरेको उल्लेख गरे ।
 उनले ठेक्का रुग्ण हुँदा रोजगारी सृजना नहुने, बजेट खर्च नहुने समस्या रहेको उल्लेख गरे । समयमा काम नहुँदा अर्थतन्त्रमा असर पर्ने धारणा राखे । ठेकेदारले समयमा ठेक्का पूरा नगर्दा रोजगारी सृजना नहुने, अर्थतन्त्रमा असर पर्ने उत्पादनमा समस्या हुने जस्तो समस्या रहेको उनको भनाइ छ ।
 कतिपय आयोजना समयमा नबन्दा राज्यलाई ठुलो असर पर्ने र यसमा सबैको ध्यान जान नसकेको उनको भनाइ छ । लगानी भएको आयोजना कहिले बन्छ भन्ने समस्या रहेको उनको तर्क छ । समयमा  निर्णय  नगरेका आयोजना नबन्ने र  निर्णय नगर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाई छ ।
आयोजना रुग्ण हुनुमा मन्त्रालय, अन्तर मन्त्रालय समन्वय नभएको र अर्थमन्त्रालयकाे समस्या रहेको बताए । उनले अर्थ मन्त्रालयमा पनि ठुलो समस्या रहेको दाबी गरे । मन्त्रालयले चाहेर ठेक्का नतोडेको उनको भनाइ छ ।
 मन्त्री घिसिङले गलत नियत राखेर काम नहुने भन्दै सबैले सही नियतले काम गर्नुपर्ने बताए । गलत नियत राखेर काम गर्दा त्यसको असर राज्यदेखि जनतासम्म पर्ने बताए । मन्त्री घिसिङले लगानी सम्मेलन भन्दा पनि कनट्र्याक्ट सम्मेलन आवश्यक रहेको बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime