काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलन गर्ने टिओबी समुहका तेञ्जिङ दावा लामा धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतंक मच्चाउने समूहका कमाण्डर रहेका लामाविरुद्ध नागरिकता, राहदानी, लिखतसम्बन्धी कसूर र लागुऔषध कसूरमा मुद्दा दर्ता गरिएको थियो ।
तिब्बतीयन मूलका तेन्जिङले अनुसन्धानको क्रममा नक्कली नेपाली नागरिकता, पासपोर्ट, जन्मदर्तालगायत अन्य कागजात बनाएको पाइएको थियो ।






प्रतिक्रिया दिनुहोस्