Skip to content

सर्वोच्चको परमादेशसँगै हितेन्द्रदेव शाक्यद्वारा प्राधिकरणमा पद बहाली

nabil bank

काठमाडौं । सर्वोच्च अदालतको परमादेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् ।

उनले आज बिहान प्राधिकरणमा पदबहाली गरेका हुन् । सोमबार अदालतले उनलाई प्राधिकरणमा पुनर्बहाली गर्न परमादेश दिएको थियो ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला सुनाएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले शाक्यलाई असोज ५ गते प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । मन्त्री घिसिङले हटाए लगत्तै शाक्य प्राधिकरणमा पुनर्बहाली हुनुपर्ने मागसहित सर्वोच्च पुगेका थिए ।
यता प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मनोज सिलवाल मंगलबार नै प्राधिकरणबाट फर्किएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime