Skip to content

उद्योग संगठन मोरङले बिजनेस एट स्कुल कार्यक्रम सुरुवात गर्यो 

nabil bank
काठमाडौं । उद्योग व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमै स्वरोजगार र रोजगारको अवसर पहिल्याउने लक्ष्यका साथ  उद्योग संगठन मोरङले बिजनेस एट स्कुल कार्यक्रमको पहिलो शृङ्खला नरग्राम माध्यमिक विद्यालय, बुढीगंगाबाट प्रारम्भ गरेको छ ।
कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले समय परिवर्तनशील भएकाले परिवर्तित समयसँगै आफ्नो सीप तथा दक्षता अभिवृद्धि गर्न मार्गदर्शन र प्रेरणा अत्यावश्यक हुने कुरालाई  आत्मसात् गरी संगठनले बिजनेस एट स्कुल कार्यक्रमको अवधारणा अघि ल्याएका बताए । कार्यक्रमले विद्यार्थी भाइबहिनीलाई स्वदेशमै सफल उद्यमी बन्न सक्ने अवसर देखाउनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले स्थानीय तह यस प्रकारका कार्यक्रमप्रति सदैव सकारात्मक भएको बताए । उनले युवालाई स्वदेशमै सम्भावनाको बाटो देखाउने यस्ता पहल स्थानीय तहका लागि गर्वको विषय र गाउँपालिकाले समेत उद्यमशीलता प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तर दिने धारणा राखे ।
त्यसैगरी सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख दामोदर फुयाँलले कार्यक्रमले शिक्षालाई व्यवहारिकताको दिशामा उन्मुख गराउने उल्लेख गर्दै शैक्षिक ज्ञानसँगै वास्तविक क्षेत्रको अनुभव आवश्यक हुने र उद्योग क्षेत्रमा रहेका अवसर तथा चुनौती विद्यार्थीले नजिकबाट बुझ्न यस प्रकारको कार्यक्रम अत्यन्त उपयोगी हुने विचार व्यक्त गरे ।
नरग्राम माध्यमिक विद्यालय, बुढीगंगाका व्यवस्थापन समितिका अध्यक्ष ईश्वर प्रसाद कोइरालाले विद्यालयका विद्यार्थी लक्षित यस यस पहलले कक्षा कोठाभित्र सीमित रहेको सिकाइलाई जीवन उन्मुख बनाउने बत्ताउँदै विद्यार्थीले आफ्नो रुचि, क्षमता र भविष्यका सम्भावनाहरू स्पष्ट रूपमा पहिचान गर्न यो कार्यक्रम सहयोगी स्पष्ट पारे ।
नरग्राम माध्यमिक विद्यालय प्रधानाध्यापक कैलाश केसीले विद्यालयमा सुरु भएको यस अभियानलाई स्वागत गर्दै  विद्यालयबाट सुरु भएको यो कार्यक्रम विद्यार्थीहरूका लागि प्रेरक बन्ने र व्यावहारिक तालिम, काउन्सेलिङ र उद्यमशीलता सम्बन्धी सिपले उनीहरूलाई भविष्य निर्माणमा ठुलो टेवा पुर्याएकाे बताए ।
बिजनेस एट स्कुल कार्यक्रमले विद्यार्थीहरूलाई उद्योग तथा सेवा क्षेत्रका कार्यविधि प्रत्यक्ष रूपमा बुझाउने, विषयगत विज्ञबाट काउन्सेलिङ प्रदान गर्ने, व्यवसाय सुरु गर्ने आधारभूत प्रक्रिया, लगानी तथा जोखिम व्यवस्थापन जस्ता कौशल सिकाउने अवसर उपलब्ध गराउने कार्यक्रममा संयोजक सृजन प्याकुरेलले जानकारी दिए ।
कार्यक्रममा मनमोहन पोलिटिक्नेले इन्टरनेट अफ थिंग्स, ज्ञान अटोमेशनले ईण्डट्रिज अटोमेशन, शीर्षक ईन्टरप्राईजेजले सिसिटिभी क्यामेरा सेटअपका विषयमा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि टेस्ट द ट्रेनिङ कार्यक्रम सञ्चालन गरेका थिए भने सोही अवधिमा करियर काउन्सेलिङ, सिप तथा उत्पादन प्रदर्शनी, लाईभ तालिम, बिजनेस आइडिया प्रस्तुति तथा सफल उद्यमीहरूका अनुभवहरू साटासाट गरिएको संगठनले जनाएको छ ।
स्वदेशमै उज्ज्वल भविष्य निर्माण गर्न सकिने सम्भावना उजागर गर्ने अभियानको रूपमा उक्त कार्यक्रमलाई आगामी दिनमा अन्य विद्यालयहरूमा सञ्चालन गर्ने लक्ष्य लिएको उद्योग संगठन मोरङले जनाएको छ । कार्यक्रमलाई इन्स्योर, क्वालिटी, एनभिक्यूएस परियोजनाले प्राविधिक सहयोग गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime