काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अबको साढे तीन वर्ष गोल पूरा गर्नेगरी काम गर्ने बताएका छन् ।
सर्वोच्च अदालतको परमादेशसँगै नेपाल विद्युत प्राधिकरणमा पदबहाली गर्दै उनले यस्तो बताए । शाक्यले उर्जामन्त्री कुलमान घिसिङ र आफूले राम्रोसँग विद्युतको क्षेत्र बुझेकाले अब मिलेर काम गर्ने बताए ।
‘आफ्ना कार्यक्रमहरुमा पहिला भन्दा पनि अझ बढी जोश र लगनशिलतासहित काम गर्नेछु । सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको आफ्नो हक हितलाई सर्वोपरी ठानेर अघि बढ्नेछु । पहिला केही कमजोरी भएका रहेछन् भने पनि त्यो हुन दिन छैन’ उनले भने ‘अबको साढे तीन वर्ष एउटा निश्चित गोल पूरा गर्नेगरी लाग्नेछु । उर्जामन्त्रीज्यु र म दुवै एनइएका क्याडर हो । हामीले यो क्षेत्र एक एक हिसावले बुझेका छौँ । चिलिमेदेखि अनुभवहरु भोगेर आएका छन् ।’
उनले अहिले पनि उर्जामन्त्रीले आफूलाई पूर्ण रुपमा सहयोग गर्ने अपेक्षा रहेको जानकारी गराए ।
उनले विद्युत प्राधिकरणका आफ्नै आयोजनाहरु पनि हुनुपर्ने उल्लेख गरे । उनले अब आफ्ना कार्यक्रमलाई पहिला भन्दा पनि अझ बढी जोश र लगनशीलतासहित अघि बढाउने प्रतिवद्धता जनाए । सार्थ उनले सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको आफ्नो हक हितलाई सर्वोपरी ठानेर अघि बढ्ने समेत जानकारी गराए ।






प्रतिक्रिया दिनुहोस्