Skip to content

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक, कुनमा कति ?

nabil bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि बोनसदर सार्वजनिक गरेको जनाएको छ ।

कम्पनीले न्यूनतम २० देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको जनाएको छ ।

कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर), सावधिक जीवन बीमा योजना (एकल), त्रिपल सावधिक बीमा, दम्पती सावधिक बीमा योजना, सावधिक तथा आजीवन, अग्रिम भुक्तानी योजना, वार्षिक अग्रिम भुक्तानी योजना, मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क), १५ वर्षे अग्रिम भुक्तानी योजना, २० वर्षे अग्रिम भुक्तानी योजना, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजना, सावधिक, सावधिक तथा आजीवन, सामूहिक सावधिक, सीमित भुक्तानी सावधिक, बाल सावधिक (मेरो मुटु आई) र बाल सावधिक (मेरो मुटु ई) योजना सन्चालन गरिरहेको छ ।

सावधिक जीवन बीमा योजना (रेगुलर)

यस योजनाअन्तर्गत ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर रहेको छ । १० देखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर रहेको छ ।

सावधिक जीवन बीमा योजना (एकल)

यस योजनाअन्तर्गत ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनामा ३ हजार ९७१ वटा बीमालेख बिक्री गरेको छ।

त्रिपल सावधिक बीमा

यस योजनाअन्तर्गत १० देखि १४ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ बोनसदर रहेको छ । १५ देखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर रहेको छ ।

दम्पती सावधिक बीमा योजना

यस योजनाअन्तर्गत १५ वर्षदेखि १९ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ बोनसदर कायम गरिएको छ। २० देखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर रहेको छ ।

सावधिक तथा आजीवन

यस योजनाअन्तर्गत ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर छ । १० देखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर रहेको छ ।

अग्रिम भुक्तानी योजना

यस योजनाअन्तर्गत १० देखि १४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ बोनसदर रहेको छ । १५ देखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० देखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

वार्षिक अग्रिम भुक्तानी योजना

यस योजनाअन्तर्गत १५ देखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० देखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क)

नियमित शुल्क योजनाका सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्फ ५४ रुपैयाँ बोनसदर कायम गरिएको छ ।

१५ वर्षे अग्रिम भुक्तानी योजना

यस योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनसदर तोकिएको छ ।

२० वर्षे अग्रिम भुक्तानी योजना

यस योजनाको सम्पूर्ण अवधिका लागि ४५ रुपैयाँ बोनसदर कायम गरिएको छ ।

रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजना

यस योजनाको अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ।

सामूहिक सावधिक

यस योजनाको अवधिका लागि २० रुपैयाँ बोनसदर तोकिएको छ ।

सावधिक तथा आजीवन

यस योजनाअन्तर्गत ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ बोनसदर रहेको छ । १० देखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६० रुपैयाँ बोनसदर तोकिएको छ ।

सावधिक

यस योजनाअन्तर्गत ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ बोनसदर रहेको छ । १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर रहेको छ ।

सीमित भुक्तानी सावधिक

यस योजनाअन्तर्गत १० देखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर रहेको छ ।

बाल सावधिक (मेरो मुटु आई)

यस योजनामा १० देखि १५ वर्षसम्मको अवधिका लागि २२ रुपैयाँ, १६ देखि २० वर्षसम्म अवधिका लागि २८ रुपैयाँ, २१ देखि २४ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ४५ रुपैयाँ बोनसदर रहेको छ ।

बाल सावधिक (मेरो मुटु ई)

यस योजनामा १० देखि १५ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ, १६ देखि २० वर्षसम्म अवधिका लागि २७ रुपैयाँ, २१ देखि २४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ३४ रुपैयाँ बोनसदर तोकिएको छ ।

बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी र चालु बीमालेखहरुमा लागू हुने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime