Skip to content

एनआरएनए एकताकै लागि चुनाव नलड्ने गौरी जोशीको निर्णय

nabil bank

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले आगामी महाधिवेशनमा आफू नेतृत्वका लागि प्रमुख दाबेदार भए पनि संस्थाभित्रको एकता र स्थिरतालाई प्राथमिकता दिँदै यसपटक चुनावी प्रतिस्पर्धाबाट पछि हट्ने निर्णयमा पुगेका छन्।

उनले संस्थालाई अझै सक्षम, समावेशी र विवादरहित बनाउने लक्ष्यसहित व्यक्तिगत आकांक्षाभन्दा संस्थाको हित ठूलो ठान्दै यस्तो निर्णय गरेकोबताएका छन्। समाज टाइम्स संवादसँगको विशेष कुराकानीमा जोशीले विगतका विवाद, गुटगत सोच र व्यक्तिगत स्वार्थका कारण संस्था कमजोर बन्दै गएको बताउँदै अब एकतामूलक प्रक्रियाबाट अगाडि बढ्नुपर्ने आवश्यकता जोड दिए। उनका अनुसार अहिलेको संवेदनशील परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रनुभन्दा पनि सबै पक्षको सहमतिको वातावरण तयार पार्न सकिने भूमिकामा आफू अगाडि रहने निर्णय उपयुक्त ठाने।

“संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवश्यकता हो। यो समयमा व्यक्तिगत पदभन्दा पनि संस्थाको स्वास्थ्यजोगाउनु महत्त्वपूर्ण छ,” जोशीले भने।  उनका अनुसार स्टेरिङ कमिटीको सक्रिय सदस्यका रूपमा बसेर निष्पक्ष र विवादरहित चुनाव सम्पन्न गराउने कार्यमा उनी केन्द्रित छन्।

महासचिव जोशीले आफूले चुनाव लडेमा जित्ने सम्भावना अत्यन्तै बलियो रहेको दाबी गर्दै पनि अहिलेको अवस्थाले आफूलाई बाहिरै बसेर संस्थागत स्थायित्वमा योगदान दिन बाध्य बनाएको उल्लेख गरे। उनले भने, “जित सुनिश्चित देखिँदैमा चुनाव लड्नुपर्ने हुँदैन। कहिलेकाहीँ एककदम पछाडि हट्नु नै दीर्घकालीन रूपमा संस्थाका लागि अगाडि बढ्ने बाटो बन्छ।”

जोशीका अनुसार आजको एनआरएनएको अवस्था ‘डायग्नोस्टिक’ चरणमा रहेको छ, जहाँ विगतका कमजोरीहरू पहिचान गर्दै भविष्यका सुधारका आधारहरू तयार पारिनु आवश्यक छ। उनले अहिले देखिएको एकतालाई सुरुवाती बिन्दु भन्दै यसलाई दीगो र उद्देश्यपूर्ण बनाउन सबैपक्षले संवाद, सहमति र पारदर्शिताको मार्ग अपनाउनुपर्नेमा जोड दिए।

उनले नेतृत्वमा देखिने स्वार्थ, गुटगत चलन र व्यक्तिगत एजेन्डाहरूले एनआरएनएको पवित्र उद्देश्य कमजोर बनाएको उल्लेख गर्दै अब केन्द्रीयएजेन्डा स्पष्ट र परिभाषित हुनुपर्ने बताए। “डिफाइन्ड एजेन्डा हुनुपर्छ। थोप्ने, घटाउने प्रवृत्ति हटेन भने संस्थामा विवाद झन् बढ्छ,” उनले भने।

सबै सदस्यले भोट हाल्न पाउने व्यवस्थाको अभावलाई उनले संघभित्रको दीर्घकालीन विवादको प्रमुख कारणका रूपमा औंल्याए। जोशीले पूर्णसदस्यीय मतदान प्रणाली कार्यान्वयन नभएसम्म विवाद निरन्तर रहने दाबी गर्दै यस दिशामा चाँडै सहमति आवश्यक रहेको उल्लेख गरे।

एनआरएनएले एकतापछि उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तोकिएको छ । निर्वाचन समितिमा उनीसहित ७ जना रहने छन् । अमेरिकाका भरत अर्याल, बेलायतका सुरेन्द्रश्रेष्ठ र चिरञ्जीवी ढकाल, अष्ट्रेलियाका होमनाथ पाण्डे, मध्यपूर्वका नरेन्द्र भाट र टिबी कार्कीलाईनिर्वाचन आयुक्त तोकिएको छ ।

 डिसेम्बर ९ देखि १ महिनाका लागि सदस्यता खुला भएको छ ।

त्यसका लागि कार्यविधि बनाएर स्टेरिङ कमिटीमा २ दिनभित्र पेस गर्ने जिम्मा महासचिव द्वय लामा रजोशीलाई दिइएको छ । एक, दुई वा सो भन्दा बढी एनसीसी भएका देशहरूमा सदस्यता प्रमाणीकरणगर्ने जिम्मा सम्बन्धित एनसीसीका अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि भएको छ ।

११ सदस्यीय स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डाक्टर बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोदश्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम, भवानी ओली र इन्द्रा बन रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime