काठमाडौं । जेनजीहरूसँग बुधबार भएको १० बुँदे सम्झौता अनुमोदन गर्ने निर्णय सरकारले गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त १० बुँदे सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।
बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ ।






प्रतिक्रिया दिनुहोस्