Skip to content

आइएमई ग्रुपको भेन्चर हायर पर्चेजले एक वर्षमा गर्यो साढे ३० करोडको व्यापार 

nabil bank

काठमाडौं । आइएमई ग्रुपको लगानी रहेको भेन्चर हायर पर्चेस प्रालिले गत आर्थिक वर्षमा साढे ३० करोड रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ ।  चन्द्र ढकालको आइएमई समूहद्वारा सञ्चालित यस कम्पनीको आर्थिक वर्ष २०८१–८२ मा ३० करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।

यस कम्पनीको व्यापार अघिल्लो आर्थिक वर्षहरूमा भन्दा सुधार हुँदै गएको कम्पनीले जनाएको छ । यस कम्पनीले सन् २०२४मा २६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसैगरी, सन् २०२३ मा यस कम्पनीले १७ करोड, सन् २०२२ खमा ६ करोड ९० लाख र सन् २०२१ मा ३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाको लागि २ अर्ब रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ । यस कम्पनीले दीर्घकालिक कर्जाको लागि १ अर्ब ९९ करोड रुपैयाँ बराबरको कर्जाको रेटिङ गरेको छ । यसैगरी, यस कम्पनीले अल्पकालीन कर्जाको लागि १ करोड रुपैयाँ कर्जाको रेटिङ गराएको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट हायर पर्चेसको इजाजत पाएको कम्पनीले कर्मेशियल भेइकलहरुको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime