Skip to content

एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल

nabil bank
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि विद्यमान विभाजनलाई चिर्दै अन्ततः ऐतिहासिक एकता हासिल भएको घोषणाले विश्वभर छरिएका नेपाली समुदायमा नयाँ उत्साह सञ्चार गरेको महासचिव तथा स्टेरिङ कमिटीका सदस्य बाबुराम लामाले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार आफ्ना धारणा सार्वजनिक गर्दै लामाले भनेका छन् ‘ अहिले भएको यो एकता केवल सङ्गठनात्मक निर्णय मात्र नभएर, विश्वभरका नेपालीहरूको साझा सपना, विश्वास र मातृभूमिप्रतिको गहिरो प्रेमको विजय हो ।’
साथै उनले एकतालाई दिगो, मजबुत र परिणाममुखी बनाउनु नै अबको सबैभन्दा ठुलो चुनौती रहेको पनि उल्लेख गरे । उनले भनेका छन् ‘बृहत् एकताको लक्ष्यलाई साकार पार्न एनआरएनएको संस्थागत संरचनामा क्रान्तिकारी परिवर्तन ल्याउनका लागि विशेष ध्यान दिनु पर्छ ।’
लामाले पारदर्शितालाई एनआरएनएको मूल मन्त्र बनाउँदै हरेक निर्णय प्रक्रियालाई पूर्णतः खुला बनाउनुपर्नेमा जोड दिएका छन् ।
केन्द्रीय नेतृत्व ९आइसिसी० लाई विश्वभरका राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) प्रति पूर्ण जबाफदेही बनाउनुपर्ने उनको धारणा छ । ‘यसका लागि विधि र विधानलाई सर्वोपरि मानेर संस्थालाई व्यक्तिगत स्वार्थबाट मुक्त राख्नुपर्ने अनिवार्य आवश्यकता र पहिलो सर्त पनि हो ।’ लामाले भने ।
उनले एनसीसीलाई संघको निकायको रूपमा नभई संयुक्त राष्ट्रसङ्घको मोडल अनुसार एक स्वतन्त्र र स्वायत्त साझेदार संस्थाको रूपमा अगाडि बढाउनुपर्नेमा जोड पनि दिए ।
यसैगरी उनले निर्वाचन प्रणालीमा आमूल परिवर्तन गरी प्रतिनिधि प्रणाली  (डेलिगेट्स सिस्टम)बाट नभई प्रत्यक्ष प्रणालीबाट अधिवेशन र निर्वाचन गरिनुपर्ने प्रस्ताव गरेका छन् ।  हाल विद्यमान केन्द्रीकृत सदस्यता पञ्जी करण व्यवस्था खारेज गरी सबै एनसीसीहरूलाई आफ्नै पोर्टलबाट सदस्यता बनाउने स्वायत्तता दिइने र केन्द्रीय प्रणाली सहयोगी संयन्त्रको रूपमा मात्र रहने गरी विकेन्द्रीकरणको योजना पनि अगाडि सारे ।
लामाले एनसीसीहरूसँग नियमित संवाद र समन्वयलाई प्राथमिकतामा राख्दै महासचिव लामाले एनआरएनका सदस्यहरूको ज्ञान, सीप र पुँजीलाई एकीकृत गर्न विशेष संयन्त्रहरूको निर्माण अपरिहार्य रहेको जोड पनि दिए । यस प्रक्रियामा युवा र महिलाहरूको सहभागितालाई केवल औपचारिकतामा सीमित नराखी अर्थपूर्ण र अनिवार्य बनाउनु संस्थाको दायित्व भएको उनले प्रस्ट पारेका छन् । ‘स्पष्ट भिजन र परिणाममुखी कार्य योजनाका साथ अगाडि बढ्नु पर्ने भएको छ ।’ उनको भनाई छ ।
लामाका अनुसार एनआरएनको मूल उद्देश्य ‘नेपाली नागरिकताको निरन्तरता र मातृभूमिको समृद्धि’ नै हो । यसलाई पूर्ण रूपमा साकार पार्न अब सबै एकजुट भएर लाग्नु पर्नेमा जोड पनि दिए । यसैगरी हालै भएको एकतालाई एनआरएनको पुनर्जागरणको सुरुवातको रूपमा चित्रण गर्दै, यो अवसरको सदुपयोग गरी संस्थालाई विश्वकै सबैभन्दा सशक्त र उदाहरणीय डायस्पोरा सङ्गठन बनाउन सबैलाई आह्वान पनि गरे ।
औपचारिक रूपमा २ समूहमा रहेको एनआरएनएबिच मङ्सिर १५ गते प्रधानमन्त्रीको उपस्थितिमा एकता घोषणा भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime