Skip to content

सेयर बजार स्थिरः लगानीकर्ताको ध्यान बैंक, बीमा, लघुवित्तमा

nabil bank

काठमाडौं । सेयर बजार स्थिर बनेको छ । निकै उतार चढाबकाबीच बजार स्थिर बनेको हो । बजार मापन गर्ने सूचक १.६६ अंकले घटेर परिसूचक २६०७.३७ बिन्दु कायम भएको छ ।

३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा ९८ कम्पनीको मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ । कारोबारमा बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

कारोबारमा स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर पहिलो स्थानमा रहेको छ । कम्पनीको १८ करोड ९७ लाख १६ हजार २२२ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः श्रीनगर एग्रोटेक इन्ड्रस्टीज र सागर डिस्ट्रिलरी रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime