Skip to content

लुम्बिनी लायन्स बन्यो एनपीएल सिजन २ को विजेता, पायो १ करोड १० लाख पुरस्कार

nabil bank

काठमाडौं । लुम्बिनी लायन्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि दिनेश अधिकारीले ४२ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १६, डिआर्ची शर्टले १४ र निरोशान डिकवेलाले ११ रन बनाएका थिए ।

त्यसैगरी सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट तथा दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले १९।१ ओभरमा अल आउट हुदै ८५ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्बाधिक ३३ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले १३, हरमित सिंह र स्कट कुगेलाइनले १०-१० रन बनाएका थिए ।

त्यसैगरी लुम्बिनीका बलर कप्तान रोहित पौडेल, रुबेन ट्रम्पेलम्यान र शेर मल्लले ३-३ विकेट लिएका थिए भने तिलक भण्डारीले विकेट लिएका थिए । यस खेलमा कप्तान पौडेलले ह्याट्रिक लिएका थए ।

गत सिजनमा पुछारमा रहेको लुम्बिनीले एनपीएलको पहिलो उपाधि जितेको छ । उपाधि जितेसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख नगद पाएको छ । त्यसैगरी तेस्रो भएको विराटनगर किंग्सले २५ लाख र चौथो स्थान हासिल गरेको काठमाडौँ गोर्खाजले १५ लाख नगद प्राप्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime