काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको खेलमा उत्कृष्ट खेलाडी बनेका रोहित पौडेलले कार र मोटरसाइकल पाएका छन् ।
लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि दिलाएका पौडेलले यो सिजनमा २७६ रन बनाएका थिए । साथै उनले १० विकेट लिएका थिए । आज भएको फाइनल खेलमा रोहितले सुदूरपश्चिम रोयल्सविरुद्ध ह्याट्रिक लिएका थिए ।
लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पाएका छन् । ट्रम्पेलम्यानलाई ५ लाख नगद पुरस्कार पाएका हुन् ।
लुम्बिनीका तिलक राजभण्डारीले इमर्जिङ प्लेयरको अवार्ड पाएका छन् । प्रतियोगितामा १७ विकेट लिएका शेर मल्ललाई मोटरसाइकल पुरस्कार पाएका छन् ।







प्रतिक्रिया दिनुहोस्