Skip to content

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु, २ जना पक्राउ

nabil bank

काठमाडौं । आज सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु भएको छ ।

सिड्नीको प्रहरीका अनुसार अज्ञात समूहको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ । घटनामा संलग्नता रहेको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

यहूदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने ८ दिन लामो यहूदी पर्व हनुक्का मनाउने क्रममा छुट्टीमा समुद्र तटमा भेला भएका थिए ।

‘अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार कम्तीमा १६ जनालाई अस्पताल लगिएको छ । धेरैको घटनास्थलमै उपचार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime