Skip to content

दुर्गा प्रसाईंका माग सम्बोधन गर्न मन्त्री खरेलको संयोजकत्वमा समिति गठन

nabil bank

काठमाडौं । दुर्गा प्रसाईंले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न समिति गठन गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त समूहको माग सम्बोधन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना रहेका छन् ।

समितिमा सरकारका साथै महाअभियानका ३ जना प्रतिनिधिहरू सिफारिस गरी पठाउन भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime