Skip to content

प्राधिकरणले समयमा नै वित्तीय विवरण स्वीकृत गर्दा बीमा कम्पनी धमाधम लाभांश र साधारणसभा घोषणा गर्दै

nabil bank

काठमाडौं । बीमा कम्पनीले पेश गरेको एक्चुअरी भ्याल्यूएसन र वित्तीय विवरणको फाइल बीमा प्राधिकरणले एकै पटक अध्ययन गरेर स्वीकृत गरेपछि अहिले कम्पनीहरुले समयमा नै लाभांश घोषणा गर्ने र साधारणसभा बोलाउने गरेका छन् ।

यसअघि बीमा प्राधिकरणले एक पटक एक्चुअरी भ्याल्यूएसन स्वीकृन गर्ने र त्यसपछि वित्तीय विवरण स्वीकृत गर्दा कम्पनीहरुलाई लाभांश घोषणा गर्न, बार्षिक साधारणसभा बोलउन समय लाग्ने गरेको थियो ।

प्राधिकरणका निलम्बीत अध्यक्ष शरद ओझाले तत्कालिन समयमा सात दिन भित्र प्रतिवेदन स्वीकृत गर्न निर्देशन दिएका थिए । प्राधिकरणमा आएका यसअघिका कुनै पनि अध्यक्षले यो काम गरेका थिएनन् ।

सोही निर्देशन अनुसार कर्मचारीले समयमा नै फाइल स्वीकृत गर्दा कम्पनीले लाभांश घोषणा गर्नेदेखि साधारणसभा बोलाउनेसम्म समयमा नै हुने भएको छ । यसअघि बीमा कम्पनीहरुले एक्चुअरी भ्याल्यूएसन र वित्तीय विवरण प्राधिकरणले समयमा नै स्वीकृत नगर्दा समयमा नै सभा गर्न पाएका थिएनन् ।

अहिले प्राधिकरणको सम्बन्धित विभागले एकै समयमा विवरण हेर्ने र विवरण एक्चुअरी भ्याल्यूएसन र वित्तीय विवरण नमिलेको खण्डमा प्राधिकरणले मिलाउन निर्देशन दिने छ । त्यही अनुसार समयमा नै फाइल स्वीकृत हुने गरेको हो ।

नेपालमा भ्यालुएसन गर्नका दक्ष जनशक्ति नभएकोे भन्दै बीमा कम्पनीले समयमा नै वित्तीय विवरण पेश नगर्ने, आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लाभांश घोषणा नगर्ने, समयमा नै साधारण सभा नगर्ने गर्दै आएका थिए ।

बीमा कम्पनीहरुले छ महिनाभित्र लेखापरीक्षण प्रतिवेदन नबुझाउने, वित्तीय विवरण स्वीकृत गर्दा दिएको निर्देशन पालना नगर्ने गरेका थिए । बीमा कम्पनीले समयमा नै साधारण सभा नगरेको खण्डमा कारबाही गर्ने समेत थालेको छ ।

अहिलेसम्म सेयरधनीलाई लाभांश घोषणा गरेको नेपाल लाइफ इन्स्योरेन्सले पुस १९ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले ५ प्रतिशत बोनस सेयर र करसहित १६.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

आइएमई लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट १०.५२ प्रतिशत करसहित नगद लाभांश दिने घोषणा गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई करसहित २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले करसहित ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले करसहित २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime