Skip to content

सेयर बजार घट्यो, कारोबार रकम भने बढ्यो

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। आइतबार सेयर बजार मापक नेप्से परिसूचक १२.५० अंक घटेर २५९४.८७ विन्दुमा झरेको छ।

आइतबार सेन्सेटिभ इण्डेक्स ०.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।

सेयर बजार घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा कारोबारमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको जलविद्युत, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक यस दिन करिब १ प्रतिशत घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime