काठमाडौं । भिभोले स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।
भिभो एक्स ३०० प्रो फ्यान्टम ब्ल्याक (कालो) र ड्युन ब्राउन (खैरो) रगंमा रहेको छ । यसको मूल्य १ लाख ७९ हजार ९९९ रुपैयाँ रहेको छ ।
फोनमा २०० मेगापिक्सेल जाइस एपीओ टेलिफोटो क्यामेरा रहेको छ ।
फोनमा जाइस मास्टर कलर डिस्प्ले, ८ टी एलटीपीओ टेक्नोलोजी र १.१ मिलिमिटर अल्ट्रा–स्लिम सिमेट्रिक बेजेल प्रयोग रहेको छ । डाइमेन्सिटी ९५०० प्रोसेसर द्वारा सञ्चालित एक्स ३०० प्रोमा, ६५१० मिलिआम्पियर ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज सुविधा र ४० वाट वायरलेस फ्ल्यासचार्ज सुविधा रहेको छ ।
यसमा आईपी६८ तथा आईपी६९ रेटिङ, आर्मर ग्लास, र थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानिङ २.० रहेको छ ।






प्रतिक्रिया दिनुहोस्