Skip to content

ज्योति विकास बैंकका कर्मचारीलाई बन्धक बनाए्र भएको आक्रमणको चौतर्फी निन्दा, दोषीलाई तत्काल कारबाही गर्न माग

nabil bank

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीहरूमाथि भएको भएको आक्रमणको बैंक तथा वित्तीय क्षेत्रका विभिन्न संघ–संस्थाहरुले निन्दा गरेका छन् । विभिन्न संघ संस्थाले विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कारबाही गर्न समेत माग गरेका छन् ।

आज सोमबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको सदस्य संस्था ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालकले कर्जाको किस्ताबारे छलफल गर्ने भन्दै बैंकका कर्मचारीलाई बर्दिबासस्थित क्षेत्रीय कार्यालयमा बोलाएका थिए । मंसिर २४ गते ऋणी र उनका सहयोगीले कर्मचारीहरूलाई नियन्त्रणमा लिई लामो समय बन्धक बनाएर नियोजित रूपमा दुर्व्यवहार र आक्रमण गरेका थिए।

संघ–संस्थाले बैंक तथा वित्तीय संस्थाले नियामक निकायका नीति, निर्देशन र कानुन पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह र वित्तीय सेवा दिँदै आएको उल्लेख गरेका छन् । पछिल्लो समय यस्ता संस्थाहरू अराजक गतिविधिको निशानामा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

विज्ञप्तिमा कर्जा असुली गर्नु बैंकको कानुनी जिम्मेवारी भएको र निक्षेपकर्ताको बचत सुरक्षित गर्नु बैंकको मुख्य दायित्व भएको उल्लेख छ । यस्तो जिम्मेवारी पूरा गर्ने क्रममा कर्मचारीले अमानवीय व्यवहार र आक्रमण सहनु गम्भीर विषय भएको संघहरूको भनाइ छ। यस्ता घटनाले बैंकिङ सेवा प्रयोग गर्न निरुत्साहित गर्ने र कानुनले दिएको अधिकार प्रयोग गर्नसमेत अवरोध सिर्जना गर्ने चेतावनी दिइएको छ।

संघ–संस्थाले कर्जा असुली, धितो लिलामीजस्ता विषयमा असहमति भए कानुनी बाटो अपनाउन सकिने व्यवस्था हुँदाहुँदै कानुन हातमा लिएर गरिएको हिंसात्मक कार्यको कडा निन्दा गरेका छन् । कर्मचारीको ज्यानै लिने मनसायले गरिएको आक्रमण अस्वीकार्य भएको उनीहरूको भनाइ छ।

घटनाबारे समयमै जानकारी गराउँदा पनि तत्काल कारबाही नहुनु र अहिलेसम्म जाहेरीसमेत दर्ता नभएकोप्रति संघ–संस्थाले सम्बन्धित निकाय र स्थानीय प्रहरी प्रशासनको गम्भीर कमजोरी औंल्याएका छन् । दोषीलाई छिटो कानुनी दायरामा ल्याई कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना नदोहोरिने वातावरण बनाउन माग गरिएको छ । बैंक तथा वित्तीय संस्थाप्रति भइरहेका अराजक गतिविधि रोक्न सबै नागरिकलाई सजग र जिम्मेवार बन्न जारी विज्ञप्तिमा आग्रह गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi