Skip to content

बैंकको ब्याजदर पुसमा पनि घट्यो, कुनको कति ? 

nabil bank

काठमाडौं । पुसमा पनि वाणिज्य बैंकको ब्याजदर घटको छ । मंसिर महिनाको तुलनामा पुसमा वाणिज्य बैंकको ब्याजदर औसत ०.२० प्रतिशत बिन्दुले घटेको हो ।

पुस महिनाको लागि वाणिज्य बैंकको ब्याजदर औसत ५ प्रतिशत बिन्दुभन्दा तल झरेको छ । मंसिर महिनाको लागि ५.०४० बिन्दु रहेको वाणिज्य बैंकको ब्याजदर पुसको लागि औसर ४.८३ प्रतिशत कायम भएको हो ।

पुसमा सानिमा बैंकले ब्याजदर ३.७५ प्रतिशत कायम गरेको छ । यस बैंकले सबैभन्दा कम ब्याजदरमा निक्षेप राख्ने भएको हो ।  सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत कायम गरेको छ।

मंसिर महिनाको तुलनामा पुस महिनामा १३ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। जसमध्ये प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका हुन्। त्यस्तै, प्रभु बैंक र कृषि विकास बैंकले समान ०.४ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् भने कुमारी बैंकको ब्याजदर ०.३८ प्रतिशतविन्दु घटेको छ।

यस्तो निक्षेपमा ७ वािणज्य बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा मंसिर महिनाकै दरलाई निरन्तरता दिएका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi