Skip to content

बैंक तथा वित्तीय संस्थाले ६ सर्त पुरा गरेर महानगरभित्रका शाखा मर्ज गर्न पाउने 

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ६ वटा सर्त पुरा गरेर शाखा गाभ्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाका शाखालाई मर्जरको लागि सहज बनाएको हो ।
राष्ट्र बैंकको पूर्वस्वीकृति बिना इजाजतपत्रप्राप्त संस्थाले शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न वा स्थानान्तरण गर्न वा गाभ्न पाउने छैनन् । तर, विद्युतीय भुक्तानी कारोबार बढी रहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयमले महानगरपालिकामा रहेका शाखा समायोजन÷एकीकरण गर्न राष्ट्र बैंकको व्यवस्था छ ।
यसैगरी, सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा उक्त संस्थाको लिखित सहमति पश्चात्मात्र शाखा समायोजन गर्न पाउने राष्ट्र बैंकको व्यवस्था रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तीमा ९० (नब्बे) दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचना पाटीमा समेत प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्ता संस्थाको दुई वा सोभन्दा बढी शाखाहरू समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनु व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन गरेको ३ कार्य दिनभित्र अनुसूची १४.२ बमोजिमको विवरण राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi