काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृतिमन्त्री अनिलकुमार सिन्हाले आज सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।
कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहने मन्त्रीले नै कार्यकारी प्रमुखका रुपमा सदस्य सचिवको नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको पनि उनले बताए । कोषका सदस्य सचिवको कार्यकाल चार वर्ष तोकिएको छ ।






प्रतिक्रिया दिनुहोस्