Skip to content

ज्योति विकास बैंकका कर्मचारीलाई घण्टौं बन्धक बनाएर मोसो दल्नेलाई कारबाही गर्न सिबिफिनको माग

nabil bank
काठमाडौं । सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि गरिएको लज्जास्पद, घृणित तथा हिंसात्मक दुर्व्यवहारप्रति बैंक तथा वित्तीय संस्था कर्मचारी परिसंघ नेपाल (सिबिफिन) ले आपत्ति र भर्त्सना जनाएको छ। बैंकले प्रवाह गरेको कर्जाको किस्ता लामो नियमित हुन नसकेको विषय समाधान गर्न छलफलका लागि पुगेका कर्मचारीहरूलाई पशुवत व्यवहार भएको सिबिफिनको भनाइ छ।
स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेको ऋणी समूहले नियोजित रूपमा घण्टौंसम्म बैंकका कर्मचारीलाई नियन्त्रणमा राखी अमानवीय तथा पशुवत व्यवहारका हुन। सिबिफिनका अनुसार कर्मचारीमाथि गरिएको उक्त घटनामा हिंस्रक आक्रमणसमेत भएको थियो। तर, घटना लगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीबिनै स्वतः अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उल्टै पीडितको जाहेरी दर्ता नगरी मिलापत्रका लागि दबाब दिएकोप्रति संघले गम्भीर आपत्ति जनाएको छ। यस किसिमको व्यवहारले न्यायको अनुभूति गराउनुको सट्टा दोषीलाई संरक्षण गरेको सन्देश जाने सिबिफिनको ठहर छ।
संघले निहित स्वार्थका लागि बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील र अत्यावश्यक क्षेत्रमाथि ज्यादती गर्ने तथा कर्तव्यनिष्ठ कर्मचारीहरूको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने यस्ता बर्बर घटनामा संलग्न सबै दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायसँग जोडदार माग गरेको छ।
सिबिफिनले जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिलाई सहजीकरण गर्दै शान्ति सुरक्षा, सुशासन र आर्थिक गतिविधिलाई तीव्रता दिन सरकार लागिरहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीमाथि गरिएको यस्तो आक्रमणलाई केवल कर्मचारी वा बैंकिङ क्षेत्रमाथिको मात्र नभई स्वयं राज्य व्यवस्थामाथिकै आक्रमणका रूपमा लिएको जनाएको छ।
संघले बैंकिङ क्षेत्रको साख, गरिमा र विश्वसनीयतामा आँच पुर्‍याउने, कर्जाको साँवा–ब्याज नतिर्न दुरुत्साहन गर्ने, अफवाह फैलाउने, बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने तथा कर्मचारीमाथि भौतिक आक्रमण र मानमर्दन गर्ने जस्ता गैर कानुनी क्रियाकलापप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
बैंकिङ सेवाप्रति कुनै गुनासो भएमा सम्बन्धित बैंकको माथिल्लो व्यवस्थापन वा नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाईमा उजुरी गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै पनि कानुन आफ्नै हातमा लिएर यस्ता निन्दनीय कार्य गर्नुले समग्र बैंकिङ क्षेत्र र मुलुककै भविष्यलाई जोखिममा पार्ने सिबिफिनको चेतावनी छ।
संघले बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीहरूको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न संघीय, प्रदेश र स्थानीय सरकार, गृह मन्त्रालयसहित सबै जिम्मेवार निकायसँग सुरक्षित वातावरण निर्माण गर्न हार्दिक अपिल गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi