Skip to content

सप्तकोशी इन्ट्रिग्रेटिभ कृषि फर्मले लिएको कर्जाका विषयमा छलफल गर्दा ज्योति विकास बैंकका कर्मचारीमाथि मोसो

प्रधानमन्त्री कार्यालयको चासो

nabil bank

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीहरु ऋण लिलामी प्रक्रियाका लागि ऋणीकोमा छलफल गर्न जाँदा दुव्र्यबहारमा परेका छन् ।

ऋणीले बैंकका कर्मचारीलाई अपशब्द बोल्दै मोसो दल्नुका साथै कुटपिट गरेर जुत्ताको माला लगाएका छन् ।

बैंकका कर्मचारीले ऋणीले लगेको कर्जा समय नतिरेका कारण उक्त कर्जा लिलामी प्रक्रियाका लागि छलफलमा जाँदा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–७ का स्थानियले मोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।

मंसिर २५ गते सप्तरीको रुपनी शाखाका कर्मचारी सप्तकोशी नगरपालिका–७ स्थित ऋणीकहाँ पुगेका थिए ।

बैंकका कर्मचारी आएपछि ऋणीले स्थानीयलाई भेला गरेर कालोमोसो दल्ने, कुटपिट गर्ने, जुत्ताको माला लगाउने जस्तो दुव्र्यबहार गरेको ज्योति विकास बैंकका सुचना अधिकारी प्रकाश बरालले बताए ।

‘बैंकबाट सप्तकोशी इन्ट्रिग्रेटिभ कृषि फर्मले १ करोड भन्दा बढी एसएमई लोन लगेका थिए’ उनले भने ‘ ऋणीले ११८ दिन देखि ऋण तिरेको थिएन । यो विषयमा छलफल गर्न जाँदा हाम्रो बैंकका कर्मचारी माथी अभर्द व्यवहार भएको हो ।’

बरालका अनुसार विषयमा प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको छ ।

यो विषयमा बैंकले राष्ट्र बैंक, डेभलपमेन्ट बैंक एसोसिएन, बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन),बैंकर्स संघलाई पनि जानकारी गराएको बरालले बताए ।

यता आफूमाथि अभद्र व्यवहार भएको, मोदो लगेको, जुत्ताको माला लगाएको भन्दै पीडित कर्मचारी प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime