काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सोमबार सुुन तोलामा २ लाख ६० हजार ७०० रुपैयाँ कटेको छ । आइतबारको तुलनामा सोमबार सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँमा थियो । आइतबारको तुलनामा सोमबार तोलामा १९ सय रुपैयाँले बढेको छ ।
यस्तै चाँदी तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ८७० रुmपैयाँ पुगेको छ ।
आइतबार ३ हजार ८७० रुपैयाँ रहेको महासंघले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्