Skip to content

३ पटकसम्म धितो लिलाम गर्दा पनि बिक्री भएन भने बैंक आफैँले सकार गर्न पाउने  

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीको धितो बैंक स्वयमले सकार्ने व्यवस्थामा परिमार्जन गरेको छ । राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै ३ पल्टसम्म धितो लिलाम गर्दा पनि बिक्री नभएको सम्पतिमात्र बैंक आफैँले सकार गर्न पाउने व्यवस्था गरेको हो ।
यसअघि दुईपल्ट लिलामपछि बैंकले आफै गैरबैंकिङ सम्पत्तिको रूपमा धितो सकार गर्न पाउने व्यवस्था रहेको थियो। अब भने कम्तीमा पनि ३ पटकसम्म धितो लिलाम प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैँले सकार गर्नुपर्ने भएको हो ।
राष्ट्र बैंकले बैंकहरुले गैरबैंकिङ सम्पत्ति बुक गरेपछि सतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था पनि हटाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime