Skip to content

ज्योति विकास बैंकका कर्मचारीमाथि मोसो दल्नेलाई प्रहरीले गम्भिर रुपमा अनुसन्धान गर्ने, प्रधानमन्त्री कार्यालयको समेत चासो

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीहरुलाई मोसो दल्ने, जुत्तको माला लगाउने, अभर्द व्यवहार गर्ने तथा कुटपिट गर्ने सप्तकोशी इन्ट्रिग्रेटिभ कृषि फर्मका अधकिारीहरुलाई प्रहरीले गम्भिर रुपमा अनु्सन्धान गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यो विषयमा पीडितका तर्फबाट आज उजुरी दर्ता हुने प्रकृयामा रहेको छ । ‘यसअघि उजुरीकर्ताले पेश गरेको उजुरीमा केही प्रकृया पुरा हुन बाँकी रहेका कारण हामीले थप आवश्यक कागजात सहित आउनु भनेका छौ’ कार्यालयका एक अधिकारीले भने ‘उहाँहरु हामीले भने अनुसार प्रकृया पुरा गरेर आउनु भएको छ । अब यो निवेदन दर्ता हुन्छ ।’ निवेदन दर्ता भएसँगै यो विषयमा निकै गम्भिर रुपमा अनुसन्धान गर्ने ति अधिकारीले बताए ।

कानून अनुसार भए गरेका काममा कोही कसैले पनि कानून हातमा लिने काम गर्न नहुने ति अधिकारीको भनाइ छ । ऋणी सप्तकोशी इन्ट्रिग्रेटिभ कृषि फर्मका अधिकारीले लिएको १ करोड बढी एसएमई लोनको सावा तथा ब्याज करिब ११८ दिन देखि तिरेका थिएनन् । त्यही विषयमा छलफल गर्न जाँदा बैंकका २ कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार भएको थियो । यो विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समेत ध्यानाकर्षण भएको जनाइएको छ । जसका कारण पनि यो विषयमा प्रहरीले तिब्रताका साथ अनुसन्धान गर्ने जनाइएको छ ।

बैंकका कर्मचारीले ऋणीले लगेको कर्जा समय नतिरेका कारण उक्त कर्जा लिलामी प्रक्रियाका लागि छलफलमा जाँदा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–७ का स्थानियले मोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् । मंसिर २५ गते सप्तरीको रुपनी शाखाका कर्मचारी सप्तकोशी नगरपालिका–७ स्थित ऋणीकहाँ पुगेका थिए ।

बैंकका कर्मचारी आएपछि ऋणीले स्थानीयलाई भेला गरेर कालोमोसो दल्ने, कुटपिट गर्ने, जुत्ताको माला लगाउने जस्तो दुव्र्यबहार गरेको ज्योति विकास बैंकका सुचना अधिकारी प्रकाश बरालले बताए ।

यस विषयमा बैंकले राष्ट्र बैंक, डेभलपमेन्ट बैंक एसोसिएन, बैंक तथा वित्तीय संस्था परिसंघ ९सीबीफीन०,बैंकर्स संघलाई पनि जानकारी गराएको बरालले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life