काठमाडौं । युनाइटेड आईडीआई मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यो लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्