काठमाडौं । चन्द्रागिरी हिल्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । साथै कम्पनीले हकप्रद सेयर पनि निष्कासन पनि गर्ने भएको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनी ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगल लाभांश रहेको छ ।
कम्पनीले पुस २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ११ गते एक दिन बुकक्लोज गर्ने भएको छ । पुस १० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् ।
सभामा बोनस सेयर पश्चात कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासनन गर्ने प्रस्ताव लगिने जनाइएको छ ।







प्रतिक्रिया दिनुहोस्