काठमाडौं । एनएमबि बैंकले बार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले पुस २४ गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि बैंकले पुस ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
पुस ८ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् ।
बैंकले ५ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।







प्रतिक्रिया दिनुहोस्