Skip to content

राजस्व संकलनमा लक्ष्य भेटन मुस्किल, ७८.७४ प्रतिशतमात्रै राजस्व संकलन

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आउँदा सरकारले बजेटमा राखेको लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । सरकारले चालु आवको बजेट मार्फत मंसिरसम्मको ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, मंसिरमा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँमात्र राजस्व संकलन भएको हो ।

चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । चालु आवको मंसिर महिनासम्म भन्सार महसुलबाट ९४ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

यसैगरी, मूल्य अभिवृद्धि कर मार्फत १ खर्ब ३५ अर्ब ४२ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अन्तःशुल्क ७६ अर्ब ६ करोड २१ लाख रुपैयाँ, शिक्षा सेवा सुल्क र अन्य २ अर्ब २१ करोड ८१ लाख रुपैयाँ र आयकर मार्फत ७४ अर्ब २६ करोड ७० लाख रुपैयाँ संकलन भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime