काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले पुस २३ गतेका लागि बोलाएको सभामा हाल कायम रहेको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ ।
कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमध्ये ५० प्रतिशत रकम बैंकको ऋण तिर्ने र बाँकी रहेको ५० प्रतिशत रकम अर्को आयोजना निर्माणमा खर्च गर्ने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्